चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका एक चिनियाँ नागरिक मृत भेटिएका छन्।
भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित वर्षना होटलमा ५६ वर्षीय पियान छ्याङसिन मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए।
उनी असार १० गते देखि क्यान्सरको उपचार गराइरहेका थिए। आइतबार बिहान ९ बजेतिर उनी कोठासँगै जोडिएको वाथरुममा घोप्टो परेको अवस्थामा मृत भेटिएको रिजालले बताए।
‘विदेशी नागरिक भएकाले अहिले हामीले सम्बन्धित दूतावाससँग समन्वय गरिरहेका छौं। मृतकको विषयमा आवश्यक जानकारी लिने काम गरिरहेका छौं,’ डिएसपी रिजालले भने, ‘दूतावासको कुरा के आउँछ त्यसपछि अनुसन्धान सुरु गर्छौं।’
क्यान्सरको उपचार गराइरहेका चिनियाँ नागरिक भेटिए मृत