पहिरोमा पुरिँदा गुल्मीमा एकैपरिवारका ५ जनाको मृत्यु (अपडेट)

पहिरोमा पुरिएका ५५ वर्षका भेषबहादुरसहित उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए ।

पहिरोमा पुरिँदा गुल्मीमा एकैपरिवारका ५ जनाको मृत्यु (अपडेट)
गुल्मी । गुल्मीको मालिका गाउँपालिका–६ अर्जेमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । शुक्रबार रातिको वर्षासँगै आएको पहिरोमा परेर अर्जे ठाँटीपोखरीका यमबहादुर विक भन्ने भेषबहादुर कामीको घर पुरिएको हो । पहिरोमा पुरिएका ५५ वर्षका भेषबहादुरसहित उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए । पहिरोमा परेर बेपत्ता पाँच जनाको खोजीका लागि बिहानैदेखि नेपाल प्रहरीसहितका सुरक्षा निकाय र स्थानीय परिचालन भएका थिए ।