गुल्मी । गुल्मी पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका ६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले जानकारी दिए ।
पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक, बिना बिकको शव फेला परेको अध्यक्ष अर्याले बताए । उनका अनुसार पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएकी छन् । उनको खोजी भइरहेको छ ।
गुल्मीमा पहिरोले घर पुरिँदा एकैपरिवारका ४ जनाको मृत्यु, एक जना बेपत्ता
'अहिलेसम्म ४ जनाको शव निकालिसकेका छौं', उनले न्यूज खरीसँग भने, 'थप एक जनाको शव निकाल्ने प्रयास भइरहेकाे छ । साथै घटनास्थलमा प्रहरी र स्थानीयहरू पुगेका छन् ।

