स्याङ्जामा पहिरोले घर पुरिँदा सुतिरहेका आमा-छोरीको मृत्यु

उनका अनुसार जिटीको ढुंगा माटो र टिनले छाएको एक तले घर र गोठ पुरेको हो । घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रूपमा क्षति भएको प्रवक्ता रानाको भनाइ छ । अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ ।

स्याङ्जामा पहिरोले घर पुरिँदा सुतिरहेका आमा-छोरीको मृत्यु
काठमाडौं । स्याङ्जामा पहिरोमा परेर आमाछोरीको ज्यान गएको छ । फेदीखोला गाउँपालिका–५ बाँगेमा गएराति पहिरोले घर पुर्दा सुतिरहेका ३१ बर्षीय दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसा जिटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार जिटीको ढुंगा माटो र टिनले छाएको एक तले घर र गोठ पुरेको हो । घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रूपमा क्षति भएको प्रवक्ता रानाको भनाइ छ । अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ ।