इन्गेजमेन्ट टुटेपछि आत्मदह प्रकरण : पुष्पाका प्रेमी पुर्पक्षका लागि थुनामा

पुष्पाका परिवारले सुदनसहित उनका बुवा दिनेश, आमा बिन्दु र दाई मधु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएका थिए ।

इन्गेजमेन्ट टुटेपछि आत्मदह प्रकरण : पुष्पाका प्रेमी पुर्पक्षका लागि थुनामा
काठमाडौं । जिल्ला अदालत काठमाडौंले इन्गेजमेन्ट तोडिएको भोलिपल्ट आत्मदाह गरेकी पुष्पा न्यौपानेका प्रेमी सुदन संग्रौतालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारामा पठाएको प्रहरीले जनाएको छ । धुम्बाराहीको पिपलबोट चोक नजिकै प्रेमीकै घर अगाडी ७० प्रतिशत जलेको अवस्थामा भेटिएकी पुष्पाको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । पुष्पाका परिवारले सुदनसहित उनका बुवा दिनेश, आमा बिन्दु र दाई मधु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएका थिए । सुदनका बुवा, आमा र दाई जमानीमा रिहा भएका थिए । पुष्पा र सुदनको डेढ वर्ष अघि दरबारमार्गस्थित केल्मी नेपालको स्वरुवमा भएको थियो । चिनजानको ६ महिनापछि इन्गेजमेन्ट गरे । इन्गेजमेन्ट भएसँगै उनीहरुबीच खटपट सुरु भएको थियो ।