काठमाडौं । रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बस आज बिहान रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ।
लिखु तामाकोसी गाउँपालिका-६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा सब दुर्घटना हुँदा पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी काैशल न्याैपानेका अनुसार बसमा सबार २५ जनामध्ये पाँच जना घाइते भएका छन् ।
उनले दुर्घटनामा परेको बसको नम्बर खुल्न पनि बाँकी रहेको बताए। ‘घटनास्थलमा एम्बुलेन्स जाँदैछ। स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली पनि त्यसतर्फ प्रस्थान गरेको छ,’ उनले भने।
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना
उनले दुर्घटनामा परेको बसको नम्बर खुल्न पनि बाँकी रहेको बताए। ‘घटनास्थलमा एम्बुलेन्स जाँदैछ। स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली पनि त्यसतर्फ प्रस्थान गरेको छ,’ उनले भने।