काठमाडौं । काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका ६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।
मृत्यु हुनेमा नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४५ वर्षका पूर्ण दर्नाल छन्। उक्त कार कतिबेला कलभर्टमा खसेको भन्ने यकिन भएको छैन। अहिले कार कलभर्टबाट निकालिसकिएको छ।
काठमाडौंको रामकोटमा कार दुर्घटना
मृत्यु हुनेमा नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४५ वर्षका पूर्ण दर्नाल छन्। उक्त कार कतिबेला कलभर्टमा खसेको भन्ने यकिन भएको छैन। अहिले कार कलभर्टबाट निकालिसकिएको छ।