एकीकृत समाजवादीले पदाधिकारी २१ र केन्द्रीय समिति २१९ को बनाउने

यही असार १६ देखि काठमाडौंमा हुने महाधिवेशनले यी पदाधिकारी चयन गर्ने छन् । समाजवादीको आठौं केन्द्रीय कमिटी र केन्द्रीय परिषद् बैठकले १९ पदाधिकारी भएको १ सय १९ सदस्य केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । यो निर्णय विपरीत सचिवालय बैठकले पदाधिकारी र केन्द्रीय कमिटी बढाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीले पदाधिकारी २१ र केन्द्रीय समिति २१९ को बनाउने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गरेको छ । महाधविशेनको मुखमा बसेको केन्द्रीय सचिवालयको बैठकले १ सय १९ बाट बढाएर २ सय १९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको हो । सचिवालयका अनुसार एकीकृत समाजवादीले पदाधिकारीको संख्या पनि बढाएर २१ पुर्‍याएको छ । विधान मस्यौदालाई संशोधन गरी अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, एक महिलासहित सात उपाध्यक्ष, महासचिव, उपमहासचिव ४, सचिव ७ सहित २१ सदस्यीय पदाधिकारी हुनेछन् । यही असार १६ देखि काठमाडौंमा हुने महाधिवेशनले यी पदाधिकारी चयन गर्ने छन् । समाजवादीको आठौं केन्द्रीय कमिटी र केन्द्रीय परिषद् बैठकले १९ पदाधिकारी भएको १ सय १९ सदस्य केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । यो निर्णय विपरीत सचिवालय बैठकले पदाधिकारी र केन्द्रीय कमिटी बढाउने निर्णय गरेको हो ।