यूएई उड्न लागेका गायक राजेशपायल राईलाई विमानस्थलबाट फर्काइयो

उनलाई सम्झाईबुझाई गरेर ट्याक्सीमा घर फर्काइएको विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले जानकारी दिए । राईको बिहीबार बिहान १० बजे फ्लाइट थियो। ‘अन्य केही कारण होइन, अत्यधिक मदिरा सेवन गरेको पाइएपछि एयरलाइन्सले हामीसँग समन्वय गरेको थियो,’ उनले भने, ‘हामीले सम्झाइबुझाई गरेर घर फर्काएका छौँ।’

यूएई उड्न लागेका गायक राजेशपायल राईलाई विमानस्थलबाट फर्काइयो
काठमाडौं । यूएईमा एक सांगीतिक कार्यक्रममा जान लागेका गायक राजेशपायल राईलाई एयरलाइन्सले विमानस्थलबाट फर्काइदिएको छ। फ्लाई दुबई एयरलाइन्सबाट दुबई जान लागेका उनले अत्यधिक मदिरा सेवन गरेर होहल्ला समेत गर्न थालेपछि एयरलाइन्सले विमानस्थल सुरक्षा प्रहरी, कार्यालयलाई जिम्मा लगाइदिएको थियो। उनलाई सम्झाईबुझाई गरेर ट्याक्सीमा घर फर्काइएको विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले जानकारी दिए । राईको बिहीबार बिहान १० बजे फ्लाइट थियो। ‘अन्य केही कारण होइन, अत्यधिक मदिरा सेवन गरेको पाइएपछि एयरलाइन्सले हामीसँग समन्वय गरेको थियो,’ उनले भने, ‘हामीले सम्झाइबुझाई गरेर घर फर्काएका छौँ।’