काठमाडौं । दक्षिण अफ्रिका आइसीसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ। आज बिहान ट्रिनिडाड एन्ड टोबेगोको ब्रायन लारा रंगशालामा भएको पहिलो सेमिफाइनलमा अफगानिस्थानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका विजयी भएको हो।
दक्षिण अफ्रिकाले ८.५ ओभरमा निर्धारित लक्ष्य पूरा गर्दै पहिलो पटक टि-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो। जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक २९ रन र एडेन मार्करामले २३ रन बनाउँदै अविजित रहे। क्विन्टन डे कक भने ५ रनमा आउट भएका थिए। अफगानिस्थानका लागि फजलहक फारुकीले उनको विकेट लिएका हुन्।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा ५६ रन मात्र बनाएको थियो।अफगानिस्थानका अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाएका थिए। अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन्।
पहिलो पटक सेमिफाइनल खेलेको अफगानिस्तान दक्षिण अफ्रिकाका तीव्र गतिको बलरसामू निरिह बन्न पुगेको हो। दक्षिण अफ्रिकाका लागि मार्को जान्सेन र तब्राइज साम्सीले ३र३ , कागिसो रबडा र एनरिच नोर्त्याले २/२ विकेट लिए।
दक्षिण अफ्रिकाले समूह चरणमा नेपाल, बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंका, सुपर-८ को समूह-२ मा इंग्ल्यान्ड, अमेरिका र वेष्टइण्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको थियो।
यता समूह चरणमा न्यूजिल्यान्ड,पपुवा न्यूगिनी र युगान्डा, सुपर-८ मा अष्ट्रेलिया र बंगलादेशलाई हराउँदै इतिहासमा पहिलो पटक अफगानिस्थान सेमिफाइनलमा पुगेको थियो।
शुक्रबार दोस्रो सेमिफाइनल भारत र इङ्ल्यान्डबीच हुनेछ।
अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको शानदार जित, पहिलो पटक फाइनलमा प्रवेश
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा ५६ रन मात्र बनाएको थियो।अफगानिस्थानका अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाएका थिए। अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन्।

