रास्वपा प्यूठान संयोजक सुवेदीले छाडे पार्टी

‘उहाँले आफै नेतृत्व दावी गरेर नै जिम्मेवारी लिनुभएको थियो तर नतिजा आएको थिएन, केन्द्रले नै उहाँको रिपोटिङमा सन्तोष मानेको अवस्था थिएन, काम गर्न नसकेरै छाडेको आवस्था हो’, उनले भने ।

रास्वपा प्यूठान संयोजक सुवेदीले छाडे पार्टी
प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठानका संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् । मंगलबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सुबेदीले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले रास्वपा परित्यागको घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टिको कुनैपनि जिम्मेवारीमा आफू नरहेको जनाएका छन् । रास्वपा लुम्बिनीका अध्यक्ष देवराज पाठकले सुवेदीले लिएको जिम्मेवारी पूरा गर्न नसकेकाले आफै छाडेको बताए । ‘उहाँले आफै नेतृत्व दावी गरेर नै जिम्मेवारी लिनुभएको थियो तर नतिजा आएको थिएन, केन्द्रले नै उहाँको रिपोटिङमा सन्तोष मानेको अवस्था थिएन, काम गर्न नसकेरै छाडेको आवस्था हो’, उनले भने ।