आज यी स्थानमा भारी वर्षा हुने

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा सिराहाको गोलबजारमा ४७.२, ढोढनामा ५४.८ पानी परेको छ।

आज यी स्थानमा भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा सिराहाको गोलबजारमा ४७.२, ढोढनामा ५४.८ पानी परेको छ। पछिल्लो २४ घन्टामा झापामा भारी वर्षा भएको छ। झापाको अनारमनीमा १२७.४ मिलिमिटर वर्षा भएको छ। उदयपुरको सुन्दरपुरमा ११८.८, सिन्धुपाल्चोकको ढुंगेमा ९६.८, संखुवासभाको तुर्केघाटमा ९४.४, सिन्धुपाल्चोकको भोताङमा ९४.४, लमजुङको बेसीसहरमा १११, कास्कीको लामापाटनमा ११५.४ मिलिमिटर वर्षा भएको छ। त्यस्तै डडेलधुराको साहुखर्कमा ८०.६ मिलिमिटर वर्षा भएको छ। बुधबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने छ।