फाइल तस्बिर
काठमाडौं । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ। बिहीबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेका हुन्। त्यसमध्ये एकको मृत्युभएको छ।
फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको शव फेला परेको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए। यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन्।
बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (मृतक महिलाकी सासू) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन्। माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए।
बुढीखोलामा बाढी आउँदा एकै परिवारका ४ जनालाई बगायो
बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (मृतक महिलाकी सासू) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन्। माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए।