२ करोड लुटपाटमा प्रहरी हवल्दार नै संलग्न

पक्राउ परेका चारजनालाई कार्यालयको टोलीले मंगलबार सार्वजनिक गरेको हो । उनीहरूमध्ये रसाइली र तामाङलाई भक्तपुरबाट, राईलाई ओखलढुंगाबाट र बोहरालाई महाराजगञ्जबाट विभिन्न मितिमा पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

२ करोड लुटपाटमा प्रहरी हवल्दार नै संलग्न
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटका डिल्लीबहादुर राउतको घरबाट दुई करोड रुपैयाँ लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले ३५ वर्षीय राउतको घरबाट लुटपाट गर्ने चारजनालाई पक्राउ गरेको हो । उनीहरूले गत असार ४ मा लुटपाट गरेका थिए । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–२ का ३० वर्षीय सुजन रसाइली, सोही ठाउँकै ३१ वर्षीय भीमबहादुर तामाङ, ३८ वर्षीय कृष्णबहादुर बोहरा, ओखलढुंगाको मानेभञ्ज्याङका मुनाराज राई छन् । पक्राउ परेका चारजनालाई कार्यालयको टोलीले मंगलबार सार्वजनिक गरेको हो । उनीहरूमध्ये रसाइली र तामाङलाई भक्तपुरबाट, राईलाई ओखलढुंगाबाट र बोहरालाई महाराजगञ्जबाट विभिन्न मितिमा पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए । उनीहरूले आफूहरू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को ‘प्रहरी हुँ’ भन्दै लुटपाट गरेका थिए । पक्राउ परेकाहरूमध्ये बोहरा प्रहरी हवल्दार हुन् ।