सशस्त्रका १८ जना एसपी र २ सय ३७ जना डीएसपीको सरुवा (सूचीसहित)

डीएसपीहरुलाई २०८० असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको कमान्ड पूर्वानुमान सूचीको आधारमा सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवा गरिएकामध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन् ।

सशस्त्रका १८ जना एसपी र २ सय ३७ जना डीएसपीको सरुवा (सूचीसहित)
काठमाडौं । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ । निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमान्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कमान्ड जिम्मेवारीभन्दा अन्यत्र सरुवा गरिएको छ । आइतबारको निर्णयअनुसार उनीहरूलाई सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । डीएसपीहरुलाई २०८० असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको कमान्ड पूर्वानुमान सूचीको आधारमा सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवा गरिएकामध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको ​​जिम्मेवारी पाएका छन् । पूर्वानुमान सूचीअनुसार कमान्ड जिम्मेवारी नपाएका डीएसपी र अन्य डीएसपीहरुलाई आगामी कमान्डका लागि संगठनले नयाँ पूर्वानुमान सूची प्रकाशन गरिने सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।