फाइल तस्बिर
काठमाडौं । अविरल वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ। आइतबार रातिदेखिको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल बगाएको हो। वडाध्यक्ष चन्द्रबहादुर तामाङका अनुसार २०७८ को बाढीले पुल बगाएपछि ह्युम पइप राखेर अस्थायी पुल बनाइएको थियो।
‘बर्खा लाग्ने बेलामा झिक्ने र हिउँदमा फेरि राख्ने गरेका थियौं। यसपालि निकाल्ने सल्लाह भइरहेको थियो। बाढीले बगायो,’ वडाध्यक्ष तामाङले भने। पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ।
ह्युम पाइप क्षति भएसँगै मेलम्ची ९ दुवाचौर , केउरानी , बरुवा, बाँसखर्कलगायतमा यातायात सञ्चालनमा कठिनाइ भएको छ। पुल बगाएपछि ती ठाउँहरूमा जान थप १५ किलोमिटर घुम्नुपर्ने अवस्था रहेको वडाध्यक्ष तामाङले बताए।
सिन्धुपाल्चोकमा पछिल्लो १२ घन्टामा धेरै भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकको ढुंगेमा पछिल्लो १२ घन्टा १५९ मिलिमिटर पानी परेको छ।
अविरल वर्षापछि मेलम्चीमा बाढी