काठमाडौं । काठमाडौं महानगरपालिका-३२ जडीबुटीस्थित आकाशेपुल नजिक सडकमा टिपर र स्कुटर ठोक्किँएर घाइते भएकी महिलाको मृत्यु भएको छ ।
बा ३ क ३०५३ नम्बरको टिपर र बा प्र ०२-०३९ प ९९५२ नम्बरको स्कुटर शुक्रबार एकापसमा ठोक्किदा स्कुटरमा सवार ललितपुर साना गाउँ बस्ने ४३ वर्षीया लक्ष्मीदेवी श्रेष्ठ घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनले भने, “दुर्घटनामा गम्भीर घाइते भएकी श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको छ, दुर्घटनामा घाइते भएका स्कुटर चालकको अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।” टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही भइरहेको उनले बताए ।
टिपर र स्कुटर ठोक्किएर घाइते भएकी महिलाको मृत्यु