स्रोत नखुलेको १४ लाख ८० हजारसहित पक्राउ परेका राय भन्सारबाट फरार

पक्राउ परेका रायलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौरमा बुझाउने क्रममा राय सशस्त्र प्रहरीको नियन्त्रणबाट फुत्किएका थिए । भन्सार कर्मचारी र सशस्त्र प्रहरीको लापरबाहीका कारण भारतीय नागरिक गजेन्द्र भाग्न सफल भएका बताइएको छ ।

स्रोत नखुलेको १४ लाख ८० हजारसहित पक्राउ परेका राय भन्सारबाट फरार
रौतहट । सशस्त्र प्रहरीको चरम लापारवाहीका कारण स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जना भारतीय नागरिक गौर भन्सार कार्यालयबाटै बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित भारतीय नागरिक ३१ वर्षका गजेन्द्र रायलाई पक्राउ गरेको थियो । उनी रकम सहित गौर भन्सारमा बुझाउने क्रममा पिसाब फेर्ने बहानामा भन्सार कार्यालयको पश्चिम गेट हुँदै भारत तर्फ भागेका थिए । सशस्त्र प्रहरी बल रौतहटले भने बिहीबार साँझ आफूहरूलाई छक्याएर फरार भएका दाबी गरेको छ । पक्राउ परेका रायलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौरमा बुझाउने क्रममा राय सशस्त्र प्रहरीको नियन्त्रणबाट फुत्किएका थिए । भन्सार कर्मचारी र सशस्त्र प्रहरीको लापरबाहीका कारण भारतीय नागरिक गजेन्द्र भाग्न सफल भएका बताइएको छ । उनले प्रयोग गरेको मोटरसाइकलसहित सशस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाउने बेला रायले शौचालय जाने समय मागेका थिए । त्यसै क्रममा उनी फरार भएका सशस्त्र प्रहरी बल स्रोतले बताएको छ । यो घटनाबारे सशस्त्र प्रहरी बलको ११ नम्बर गणले कुनै प्रतिक्रिया दिन मानेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले घटनाबारे थाहा नभएको प्रतिक्रिया दिए ।