प्राइम सहकारी ठगी प्रकरण : पक्राउ परे थप तीन जना

पोखरा महानगरपालिका ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना गरी ठगी गरेको कसूरमा उनीहरुको पनि संलग्नता रहेको भन्दै प्रहरीले यसअघि नै प्रतिवादी बनाएर मुद्दा बुझाइसकेको थियो।

प्राइम सहकारी ठगी प्रकरण : पक्राउ परे थप तीन जना
कास्की । पोखराको प्राइम सहकारी संस्थाको ठगी मुद्दामा फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पर्वत मोदी गाउँपालिका १ स्थायी घर भई हाल पोखरा महानगरपालिका १८ बस्ने ५५ वर्षकी धनकुमारी गुरुङपर्वत घर भई हाल पोखरा महानगरपालिका ८ बस्ने ४७ वर्षकी सिता कुमारी गुरुङ र पोखरा महानगरपालिका ३ तेर्सापट्टी बस्ने ४७ वर्षका जीवन सार्कीलाई पक्राउ गरेको हो। पोखरा महानगरपालिका ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना गरी ठगी गरेको कसूरमा उनीहरुको पनि संलग्नता रहेको भन्दै प्रहरीले यसअघि नै प्रतिवादी बनाएर मुद्दा बुझाइसकेको थियो। अन्य पक्राउ परेका प्रतिवादीहरुको थुनछेक आदेश भइसकेको छ। तर उनीहरु फरार रहेका कारण पुर्पक्ष हुन सकेको थिएन। उनीहरुलाई शुक्रबार अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वशन्त कुमार शर्माले बताए।