बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले प्रशासनिक भवन उद्घाटनमा करिब १४ लाख खर्च गरेको छ । गत माघ १४ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा गरिएको प्रशासनिक भवन उद्घाटनको खर्च १३ लाख ८८ हजार १ सय ११ रुपैयाँ भएको गाउँपालिकाले जनाएको छ ।
जसमा सबैभन्दा बढी खाजा र खानामा ४ लाख ९२ हजार १ सय ५ रुपैयाँ खर्च भएको छ । कार्यक्रममा आउने सबै पाहुनालाई खाजा र खाना खुवाएबापत साे रकम भुक्तानी गरिएको प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलले जानकारी दिए ।
उनले पठाएको विवरण अनुसार मञ्च निर्माण तथा कार्यक्रम व्यवस्थापन भनेर ४ लाख ३६ हजार ९ सय ९१ खर्च भएको छ । अतिथि सत्कार तथा सम्मानमा २ लाख ४५ हजार ९ सय ५० रुपैयाँ खर्च गरिएको छ । एक दिनका लागि भएको कार्यक्रममा यातायातमा ४५ हजार खर्च गरिएको छ ।
वडा नम्बर ४, ५ र ९ को खर्च भन्दै १ लाख ३७ हजार ६ सय भुक्तानी भएको गाउँपालिकाले जनाएको छ । यस्तै विविध खर्च भन्दै गाउँपालिको ३० हजार ४ सय ६५ रुपैयाँ खर्च गरेको छ ।
गाउँपालिकाले कार्यक्रमलाई भव्य बनाउने भन्दै विभिन्न पालिकाका प्रमुख, उपप्रमुख र राजनीतिक दलका नेताहरुलाई बोलाएको थियो । यी यस्ता प्रतिफल नहुने कार्यक्रममा खर्च सम्बन्धी नियम, निर्देशिकाको पालना गरी मितव्यायी तवरले खर्च गर्न महालेखाले जारी गरेकाे प्रतिवेदनमा समेत उल्लेख गरेकाे छ ।
याे पनि पढ्नुहाेस्
बडिगाडमा बेथिति–१ : कानूनविपरीत छ राहत शिक्षकको सरुवा
बडिगाड गाउँपालिकामा सूचना पाउनै मुस्किल
बडिगाडका अटेरी हाकिम : लुकाए ऐनविपरीत गरिएको शिक्षक सरूवाको निर्णय
याे पनि पढ्नुहाेस्
बडिगाडमा बेथिति–१ : कानूनविपरीत छ राहत शिक्षकको सरुवा
बडिगाड गाउँपालिकामा सूचना पाउनै मुस्किल
बडिगाडका अटेरी हाकिम : लुकाए ऐनविपरीत गरिएको शिक्षक सरूवाको निर्णय

