चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक परिवर्तन नहुने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले आफूले केही दिनअघि तीनवटै सुरक्षा निकायका प्रमुखसँग कुरा गरेको र उनीहरूलाई ढुक्कले काम गर्न भनेको जानकारी दिए।
'मैले अस्तिको दिन मात्रै तीनै जना आईजीपीहरूलाई बोलाएर केही परिवर्तन हुँदैन, तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनिसकेको छु,' प्रचण्डले भने, 'त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो ।'
सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको प्रचण्डले दाबी गरे । समग्रमा बजेट सन्तोषजनक रहेको उनको भनाइ छ । उनले भने, 'मलाई लाग्छ यो (बजेट) प्रतिनिधिसभाबाट पारित हुन्छ ।'
सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उनको दाबी छ । 'यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षाअनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु,' उनले भने ।
आईजीपी फेर्ने हल्ला मात्रै हो, कुनै परिवर्तन हुँदैनः प्रचण्ड
सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उनको दाबी छ । 'यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षाअनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु,' उनले भने ।