पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालन

मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज बिहान राजमार्ग अवरुद्ध थियो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए।

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालन
चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ। मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज बिहान राजमार्ग अवरुद्ध थियो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए। राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।