काठमाडौं । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। केही स्थानमा पछिल्लो २४ घन्टामा अति भारी वर्षासमेत मापन भएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
पछिल्लो २४ घन्टामा चितवनको काली खोलामा अति भारी वर्षा भएको छ। त्यहाँ २४ घन्टामा १७४.६ मिलिमिटर वर्षा भएको छ। कोशी प्रदेशका केही स्थानमा पनि भारी वर्षा मापन भएको छ। इलामको बरफल्याङमा १३३.२ मिलिमिटर पानी परेको छ।
अर्घाखाँचीमा पनि सय मिलिमिटरभन्दा माथि नै वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आज कहाँ-कहाँ हुँदैछ वर्षा ?
पछिल्लो २४ घन्टामा चितवनको काली खोलामा अति भारी वर्षा भएको छ। त्यहाँ २४ घन्टामा १७४.६ मिलिमिटर वर्षा भएको छ। कोशी प्रदेशका केही स्थानमा पनि भारी वर्षा मापन भएको छ। इलामको बरफल्याङमा १३३.२ मिलिमिटर पानी परेको छ।

