काठमाडौं । मुस्लिम धर्मावलम्बी आज आफ्नो दोस्रो महान् पर्व बकर इद (उल अजाहा) पर्व मनाउँदै छन्। बकर इद पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने परम्परा छ। आज मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परंपरा छ। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ।
हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।
आज बकर इद, देशभर सार्वजनिक बिदा