काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ परेका छन् ।
उपसचिव केशव अर्याल, शाखा अधिकृत पदमराज आचार्य, कम्प्युटर अपरेटर दिलिपकुमार शाह, राजेश लम्साल र सुवास पौडेल आइतबार पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
सिआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार सरकारी कागजात कीर्ते गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर थुनामा राखिएको छ ।
नक्कली लाइसेन्स प्रकरण : उपसचिवसहित ५ जना पक्राउ
उपसचिव केशव अर्याल, शाखा अधिकृत पदमराज आचार्य, कम्प्युटर अपरेटर दिलिपकुमार शाह, राजेश लम्साल र सुवास पौडेल आइतबार पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

