काठमाडौं । सरकारले ३२ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिशमा उनीहरूको आइतवार सरुवा गरिएको हो ।
गृह मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको छ ।
यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका लालबाबु कवारीलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका रामकुमार महतोलाई अर्थ मन्त्रालय वा अन्तर्गतमा सरुवा गरिएको छ ।
यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका सहसचिव दीपक घिमिरेलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ । साथै उद्योग मन्त्रालयकै छविलाल रिजाललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
सरूवाकाे सूची हेर्नुहाेस्
३२ जना सहसचिवको सरूवा, को-कहाँ ?