काठमाडौ । चितवनको कालिका नगरपालिका(६ खोलेसिमल बजारस्थित एक सुन चाँदी पसलमा लुटपाट भएको छ । गएराति करिब ९ बजेको समयमा स्थानीय व्यवसायी विनोद सुनारको सुन चाँदी पसलमा लुटपाट भएको प्रहरीले जनाएको छ ।
व्यवसायी कुँवरले प्रहरीलाई बताएअनुसार पसलबाट करिब ३५ किलो चाँदी ३ किलो सुन लुटपाट भएको हो । प्रहरीले भने कति सुनचाँदी लुटपाट भयो भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
चोरले नगद दुई लाख रुपैयाँसमेत चोरेको व्यवसायीले प्रहरीलाई बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार सुनचाँदी पसलमा २ जना व्यक्ति आएर लुटपाट गरेका हुन् ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।
३५ किलो चाँदी र ३ किलो सुन लुटपाट
चोरले नगद दुई लाख रुपैयाँसमेत चोरेको व्यवसायीले प्रहरीलाई बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार सुनचाँदी पसलमा २ जना व्यक्ति आएर लुटपाट गरेका हुन् ।