काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्यहरूले नगरसभा बैठक बहिष्कार गरेका छन्। आइतबार बिहान बसेको कार्यपालिका बैठकमा उपस्थित सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित गरिएको छ।
मेयर बालेन्द्र शाह (बालेन)ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्। बैठक सुरु हुनासाथ मेयर शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बोल्न चाहनेलाई ५ मिनेटको सयम दिएका थिए।
लगत्तै कार्यपालिका सदस्यहरू बैठक छाडेर हिँडेका हुन्। कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेपछि मेयर शाहले आगामी असार १० गते ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। बैठक स्थगित भएसँगै सामाजिक सञ्जालबाट मेयर बालेनले आक्रोशित हुँदै कांग्रेस–एमालेको धङधङी बोकेर नगरसभा बैठकमा नआउन चेतावनीसमेत दिएका छन्।
काठमाडौं महानगरका कार्यपालिका सदस्यले गरे नगरसभा बैठक बहिष्कार