बारामा क्याम्पस प्रमुखको गोली हानी हत्या

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले शंकास्पद केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको एसपी खड्काले जानकारी दिए ।

बारामा क्याम्पस प्रमुखको गोली हानी हत्या
काठमाडौं । बाराको आदर्श कोतवाल नगरपालिका–३ मा अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुखको हत्या भएको छ । शुक्रवार भएको गोली प्रहारबाट कलैयाको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको मृत्यु भएको हो । कुशवाहा आदर्श कोतवाल–२ खजुरिया टोलका स्थायी बासिन्दा थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले शंकास्पद केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको एसपी खड्काले जानकारी दिए ।