काठमाडौं । म्यान्चेस्टर युनाइटेड छोडेका पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् ।
३७ वर्षीय फुटबलर रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग वार्षिक १७.७ करोड पाउन्डमा सम्झौता गरेका हुन् । जुन विश्व फुटबल इतिहासकै सबैभन्दा धेरै तलब भनिएको छ ।
रोनाल्डो अनुबन्ध भएको क्लब साउदीको चर्चित क्लब हो । जसले ९ पटक साउदी लिग जितेको छ ।
साउदीको चर्चित क्लब नासरसँग आबद्ध भए रोनाल्डो
म्यान्चेस्टर युनाइटेड छोडेका पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् ।

