फाइल तस्बिर
काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।
शुक्रबार बिहान साढे ७ बजेतिर धादिङ र चितवनको सिमानामा एउटा कारसँग ठोक्किएर यात्रुबाहक बस त्रिशुलीमा खसेको ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख इन्स्पेक्टर रविन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ईभी कारसँग ठोक्किएर बस त्रिशुलीमा खसेको हो ।
स्पीडमा रहेको कारलाई जोगाउन खोज्दा बस त्रिशुलीमा खसेको उनले बताए । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो
शुक्रबार बिहान साढे ७ बजेतिर धादिङ र चितवनको सिमानामा एउटा कारसँग ठोक्किएर यात्रुबाहक बस त्रिशुलीमा खसेको ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख इन्स्पेक्टर रविन्द्र श्रेष्ठले जानकारी दिए ।