काठमाडौं । आइसिसी टी-२० विश्वकपमा वेस्ट इण्डिजले न्युजिल्याण्डलाई १५० रनको लक्ष्य दिएको छ। बिहीबार बिहान भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ९ विकेट गुमाएर १४९ रन बनाएको हो।
त्यस क्रममा सर्फेन रथरफोर्ड ६८ रन बनाएर नट आउट रहे। उनले ३९ बलमा २ चौका र ६ छक्का प्रहार गरे। अन्य ब्याटरहरू सस्तोमै आउट भएका थिए।
ब्रान्डन किङ ९ रनमा, जोनसन चार्ल्स र रोस्टन चेस शून्यमा, अल्जारी जोशेफ ६ रनमा र कप्तान रोवमन पवेल एक रनमा आउट भए।
निकोलस पुरनले १२ बलमा ३ चौका हानेर १७ रन बनाए। अकिल होसेनले १५, आन्द्रे रसेलले १४ र रोमारियो शेफर्डले १३ रन जोडे।
बलिङतर्फ ट्रेन्ट बोल्टले ३, टिम साउथी र लोकी फर्गुशनले २र२ तथा जेम्स निशम र मिचेल सान्टनरले १र१ विकेट लिए। वेस्ट इण्डिजले यसअघि खेलेको दुवै खेल जितेको छ। न्युजिल्याण्डको यो दोस्रो खेल हो।
वेस्ट इण्डिजले न्युजिल्याण्डलाई दियो १५० रनको लक्ष्य
बलिङतर्फ ट्रेन्ट बोल्टले ३, टिम साउथी र लोकी फर्गुशनले २र२ तथा जेम्स निशम र मिचेल सान्टनरले १र१ विकेट लिए। वेस्ट इण्डिजले यसअघि खेलेको दुवै खेल जितेको छ। न्युजिल्याण्डको यो दोस्रो खेल हो।