भ्युटावर क्षेत्र घुमेर बुटवल फर्कँदै गरेको कार दुर्घटना, ३ जनाको मृत्यु

घाइतेद्वयको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। उनीहरु खतरामुक्त छन्। भ्युटावर क्षेत्र घुमेर बुटवल फर्कँदै गरेको लु २ च ८५३१ नम्बरको कार ओरालो सडकबाट भिरहुँदै करिब एकसय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

भ्युटावर क्षेत्र घुमेर बुटवल फर्कँदै गरेको कार दुर्घटना, ३ जनाको मृत्यु
फाइल तस्बिर काठमाडौं । रुपन्देहीको बुटवलमा कार सडकबाट खस्दा तीन जनाको मृत्यु भएको छ। गएराति साढे आठ बजे बुटवल १३ नुवाकोटगढी भ्युटावर नजिकै कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए। डीएसपी श्रेष्ठका अनुसार दुर्घटनामा स्याङ्जाको पुलतीबजार घर भइ बुटवल १० बस्ने कार चालक करिब ४६ वर्षीय रामप्रसाद शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ कै ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा बुटवल ९ मिलनचोक घर भएका ५६ वर्षीया चन्दा श्रेष्ठ र बुटवल ११ कि ४६ वर्षीया लक्ष्मीता श्रेष्ठ घाइते भएका छन्। घाइतेद्वयको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। उनीहरु खतरामुक्त छन्। भ्युटावर क्षेत्र घुमेर बुटवल फर्कँदै गरेको लु २ च ८५३१ नम्बरको कार ओरालो सडकबाट भिरहुँदै करिब एकसय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।