ताराखोलाले काजु, रेडबुललगायत खाजामा सक्यो साढे २४ लाख

कतिपय भौचरबाट ट्याकसुट सेट, व्याडमिन्टन ज्याकेटलगायतको फजुल खर्चको भुक्तानी गरेको आयोगले औंल्याएको छ । आयोगले खर्चको वास्तविकता यकिन गर्ने आधार भएको नखेखिएकाले विविध खर्च सम्बन्धी नियम, निर्देशिकाको पालना गरी मितव्यायी तवरले खर्च गर्न चेतावनी दिएको छ ।

ताराखोलाले काजु, रेडबुललगायत खाजामा सक्यो साढे २४ लाख
बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाले काजु रेडबुललगायत खाजामा साढे २४ लाख खर्च गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रहेर खर्च गर्नुपर्ने व्यवस्था भएपनि गाउँपालिकाले नियम र निर्देशिका विपरित गरेको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुुसार पालिकाले खाना तथा विविध खर्च शिर्षकमा २५ लाख विनियोजन गरेकोमा २४ लाख ४६ हजार ३ सय ६६ खर्च गरेको छ । खर्च लेख्दा गाउँसभा, अतिथि सत्कार विभिन्न बैठक उपस्थितिमा भएको खाना, खाजा, फलफुल, तरकारी, काजु, रेडबुललगायत बस्तुहरु समावेश भएको पाइएको भन्दै खर्चको पुष्ट्याइ हुने आधार नभएको ठम्याँइ गरेको छ । कतिपय भौचरबाट ट्याकसुट सेट, व्याडमिन्टन ज्याकेटलगायतको फजुल खर्चको भुक्तानी गरेको आयोगले औंल्याएको छ । आयोगले खर्चको वास्तविकता यकिन गर्ने आधार भएको नदेखिएकाले विविध खर्च सम्बन्धी नियम, निर्देशिकाको पालना गरी मितव्यायी तवरले खर्च गर्न चेतावनी दिएको छ ।