वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द

श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकाले दोस्रो खेलमा बंगलादेशसँग २ विकेटको हार व्यहोरेको थियो। नेपालसँग अंक बाँडेसँगै श्रीलंका भने सुपर ८ को दौडबाट बाहिरिएको छ।

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द
काठमाडौं । वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ। आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीच आज बिहान खेल हुने तयारी थियो। तर, लगातार पानी परेपछि खेल रद्द गरिएको हो। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रगंशालामा खेल हुने तयारी भइरहँदा लगातार वर्षा भएको थियो। पानी पर्न नरोकिएपछि टससमेत नभइ खेल रद्द भएको हो। केहीबेर पानी रोकिँदा ग्राउण्ड स्टाफले मैदानको पानी सोस्ने काम गरेका थिए। तर पनि पुनः वर्षा भएपछि टससमेत नभइ खेल रद्द भएको हो। खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले एक/एक अंक बाँडेका छन्। अंक बाँडेसँगै नेपाल २ खेलबाट १ अंक जोड्दै चौथो स्थानमा छ। तीन खेलबाट १ अंक बनाएको श्रीलंका अंक तालिकाको पुछारमा छ। पहिलो खेलमा नेपाल नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो। श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकाले दोस्रो खेलमा बंगलादेशसँग २ विकेटको हार व्यहोरेको थियो। नेपालसँग अंक बाँडेसँगै श्रीलंका भने सुपर ८ को दौडबाट बाहिरिएको छ।