माधव नेपालका भान्जाले फुटाए युवा संघ

अध्यक्ष नेपालले आफ्नै भान्जालाई अघि सारेर युवा सङ्घ नेपालभित्र समानान्तर नेतृत्व घोषणा गर्न लगाएको संस्थापन पक्षको आरोप छ । युवा सङ्घका पूर्वअध्यक्ष नरेश शाही सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री भएपछि २०८० भदौमा फागुनमा कृष्ण विश्वकर्मा संयोजक र नितेश पौडेल सहसंयोजक रहेको महाधिवेशन आयोजक कमिट

माधव नेपालका भान्जाले फुटाए युवा संघ
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवासंघ नेपाल विभाजन भएको छ । शनिवार काठमाडौँमा भेला गरी पार्टी अध्यक्ष माधवकुमार नेपालका भान्जा नितेश पौडेलले समानान्तर कमिटी गठनको घोषणा गरेपछि युवा सङ्घ विभाजन भएको हो । अध्यक्ष नेपालले आफ्नै भान्जालाई अघि सारेर युवा सङ्घ नेपालभित्र समानान्तर नेतृत्व घोषणा गर्न लगाएको संस्थापन पक्षको आरोप छ । युवा सङ्घका पूर्वअध्यक्ष नरेश शाही सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री भएपछि २०८० भदौमा फागुनमा कृष्ण विश्वकर्मा संयोजक र नितेश पौडेल सहसंयोजक रहेको महाधिवेशन आयोजक कमिटी बनेको थियो । २०८० फागुनभित्र महाधिवेशन गर्ने म्यान्डेट विश्वकर्माको कमिटीलाई पार्टीले दिएको थियो । तर, महाधिवेशन तोकिएको मितिमा नगरेर कार्यकाल लम्ब्याएको भन्दै शनिवार सहसंयोजक पौडेल समूहले आफ्नै संयोजकत्वमा फुर्वा लामा सहसंयोजक रहेको समानान्तर कमिटी घोषणा गरेको हो । समानान्तर कमिटी गठन गर्ने पौडेलसहितका नेताहरूलाई विश्वकर्मा नेतृत्वको समितिले जेठ २७ गते आइतबार कारबाही गरेको घोषणा गरेको छ । संयोजक कृष्णकुमार विश्वकर्माले आइतबार जारी गरेको विज्ञप्तिमा नितेश पौडेल, रोशन थापा र फुर्वा लामालाई सङ्गठनको विधानको धारा १०.३ को उपधारा ख र च बमोजिम सङ्गठनको सबै जिम्मेवारीबाट निष्कासन गरेको उल्लेख छ ।