विश्वकप : आज भारत र पाकिस्तान आमने सामन हुँदै

यी दुई टोलीको खेललाई विश्वकपकै सबैभन्दा ठुलो खेलका रुपमा हेरिएको छ । जारी विश्वकपमा भारतले आफ्नो पहिलो खेलमा आयरल्याण्डविरुद्ध जित निकालेको छ भने, पाकिस्तानले आफ्नो पहिलो खेल गुमायो । पाकिस्तानले अमेरिकासँग हार बेहोरेको छ ।

विश्वकप : आज भारत र पाकिस्तान आमने सामन हुँदै
काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आइतबार राति भारत र पाकिस्तान आमने सामने हुँदै छन् । समूह ‘ए’ अन्तर्गत भारत र पाकिस्तानबीच न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ । यी दुई टोलीको खेललाई विश्वकपकै सबैभन्दा ठुलो खेलका रुपमा हेरिएको छ । जारी विश्वकपमा भारतले आफ्नो पहिलो खेलमा आयरल्याण्डविरुद्ध जित निकालेको छ भने, पाकिस्तानले आफ्नो पहिलो खेल गुमायो । पाकिस्तानले अमेरिकासँग हार बेहोरेको छ । टी–२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन्। जसमा भारतले ५ पटक जित निकाल्दा पाकिस्तानले एक पटक जितेको छ। एक खेल भने अनिर्णित बनेको थियो।