प्रधानमन्त्री प्रचण्ड भोलि भारत जाँदै, अरू को-को छन् भ्रमण टोलीमा ?

उनीहरू यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड भोलि भारत जाँदै, अरू को-को छन् भ्रमण टोलीमा ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री मोदीको आइतबार नै नयाँ दिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् । भारतीय प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । उनीहरू यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए । यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी भएका थिए ।