सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४५ हजार पुग्यो

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार रुपैयाँ निर्धारण भएको छ। यो हालसम्मकै उच्च विन्दु हो।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४५ हजार पुग्यो
काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। शु्क्रबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च भएको छ। सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार रुपैयाँ निर्धारण भएको छ। यो हालसम्मकै उच्च विन्दु हो। यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४४ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ९ सय रुपैयाँ निर्धारण भएको छ।