मधेसका मुख्यमन्त्री सिंहले लिए शपथ, १४ सदस्यीय मन्त्रिपरिषद् गठन

साथै, १४ सदस्यीय मन्त्रिपरिषद् पनि गठन भएको छ । जसमा ११ मन्त्री र ३ राज्यमन्त्री रहेका छन्। मुख्यमन्त्री सिंहले प्रदेश प्रमुखसमक्ष शपथ लिएपछि अन्य मन्त्रीहरूलाई शपथ खुवाएका हुन्।

मधेसका मुख्यमन्त्री सिंहले लिए शपथ, १४ सदस्यीय मन्त्रिपरिषद् गठन
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शपथ लिएका थिए। शुक्रबार संविधानको धारा १६८ को २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ खुवाएकी हुन्। शपथसँगै मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसमा भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, अर्थमन्त्रीमा भरतप्रसाद साह, भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा गोविन्दबहादुर न्यौपाने, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा युवराज भट्टराई, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा शत्रुधनप्रसाद सिंह र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीमा बेची लुंगेली छन् । यसैगरी, खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोदकुमार जयसवाल, गृह, सञ्चार तथा कानुन मन्त्रीमा विमला अन्सारी, श्रम तथा यातायात मन्त्रीमा उर्मिला चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा केशव राय, शिक्षा तथा संस्कृति राज्यमन्त्रीम शारदादेवी थापा र रञ्जुकुमारी मण्डल खंग विना विभागीय मन्त्री बनेका छन् । आजै १४ जना नवनियुक्त मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।