काठमाडौं । सीके राउत नेतृत्वको जनमत पाटीका सतिश सिंहले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।
सप्तरी २ (क)बाट निर्वाचित ४२ वर्षीय सिंहले शुक्रबार बिहान सिंहले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष ५५ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेस गरेका हुन्।
उनलाई एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थन छ। सहयात्री सबै दलका नेतालाई साथमै लिएर प्रदेश प्रमुखको कार्यालयमा पुगेका सिंहले दाबी पेस गरेका हुन्।
माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले आजै बिहान ११ बजे मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम हुने जानकारी दिए।
जनमतका सतिश सिंहले गरे मधेसको मुख्यमन्त्रीमा दाबी पेस