काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बिहीवार प्रतितोला एक हजार ८०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
छापावाला सुन बुधवार प्रतितोला एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधवार प्रतितोला एक लाख ४१ हजार ५०० मा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य बिहीवार एक लाख ४३ हजार ३०० निर्धारण गरिएको छ ।
त्यस्तै चाँदीको मूल्य बिहीवार एक हजार ८५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधवार प्रतितोला एक हजार ८२५ रहेको थियो ।
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?