काठमाडौं । नेपाल प्रहरीका एक जना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।
एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्सपेक्टर बिदुर शिवाकोटीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए ।
उनका अनुसार शिवाकोटी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत थिए । उनले १३ वर्षीया एक बालिकालाई जबरजस्तीकरणी प्रयास गरेको आरोप छ ।
शिवाकोटीलाई हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा राखिएको छ ।
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीका इन्सपेक्टर पक्राउ
उनका अनुसार शिवाकोटी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत थिए । उनले १३ वर्षीया एक बालिकालाई जबरजस्तीकरणी प्रयास गरेको आरोप छ ।