टिपरको ठक्करबाट दुई युवाको मृत्यु

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको टिपरले ठक्कर दिँदा दुर्घटना भएको हो।

टिपरको ठक्करबाट दुई युवाको मृत्यु
गाइघाट । उदयपुरको त्रियुगामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गमा पर्ने त्रियुगा नगरपालिका–१, फूलजोरमा मंगलबार साँझ प्र १–०२– ००१ ख ८५१४ टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। मृत्यु हुनेमा सुनसरीको रामधुनी नगरपालिका घर भई त्रियुगा नगरपालिका–११ बस्दै आएका ३० वर्षीय रविन श्रेष्ठ र त्रियुगा नगरपालिका–३ घर भएका २४ वर्षीय हिरा राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको टिपरले ठक्कर दिँदा दुर्घटना भएको हो। तीव्र गतिमा रहेको टिपरले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको छ। मृतक दुवैको शव शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको छ। ठक्कर दिने टिपर र त्यसका चालक त्रियुगा नगरपालिका–७ निवासी भीमबहादुर राईलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रियाअघि बढाएको एसपी थापाले बताए।