देविस्थान । बागलुङ क्षेत्र नम्बर २ का सांसद तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले जनताले गरेको विश्वास टुट्न नदिने बताएका छन् । निसीखोला गाउँपालिका २ को जनहित आधाभूत विद्यालयको २७ औं वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले जनताले गरेको विश्वास टुट्न नदिने बताएका हुन् ।
‘मलाई बागलुङ क्षेत्र नम्बर २ का जनताले दुई पटकसम्म विश्वास गरेर मलाई संसदमा पठाउनुभएको छ,’ उनले भने, ‘तपाईहरुले गरेको विश्वास र मेरो कतव्र्य मैले भूलेको छैन ।’
उनले आफू मन्त्री हुँदा बागलुङका विद्यालयहरुका धेरै भवनहरु बनेको बताउँदै अब शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।
‘अब प्रविधिमा आधारित शैक्षिक गतिविधिलाई अगाडी बढाउनुपर्छ,’ उनले भने, ‘स्थानीय सरकार, प्रदेश एवम् संघ सरकारले शिक्षण सिकाईलाई सुधार्नका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्छ ।’
बजेट बनाउँदा पालिकाहरुले शिक्षालाई प्राथमिकतामा नराखेको बताउँदै राम्रो जनशक्ति उत्पादन गर्ने क्षेत्र भनेकै शिक्षा भएकाले बजेट बनाउँदा ध्यान दिनुपर्ने बताए ।
संघीय शिक्षा ऐन मन्त्रिपरिषद्बाट टुंग्याएर समितिमा छलफलको चरणमा रहेको बताउँदै चाँडै ऐन आउने र शिक्षामा भएका समस्याहरु समाधान हुने विश्वास व्यक्त गरे ।
जनताले गरेको विश्वास टुट्न दिँदैन : देवेन्द्र पौडेल
‘अब प्रविधिमा आधारित शैक्षिक गतिविधिलाई अगाडी बढाउनुपर्छ,’ उनले भने, ‘स्थानीय सरकार, प्रदेश एवम् संघ सरकारले शिक्षण सिकाईलाई सुधार्नका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्छ ।’

