कारबाहीमा परे नेपाल एयरलाइन्सका पाइलट लामा र पन्त

उनीहरुलाई ‘एक्टिभ ड्यूटी’बाट हटाइएको प्राधिकरणले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन सुरक्षा व्यवस्था उल्लंघन गरेको भन्दै पाइलट लामा र पन्तलाई अर्को सूचना नभएसम्मका लागि ग्राउण्डेड गरिएको हो।

कारबाहीमा परे नेपाल एयरलाइन्सका पाइलट लामा र पन्त
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलट विजय लामा र भावना पन्तलाई कारबाही गरेको छ। उनीहरुलाई ‘एक्टिभ ड्यूटी’बाट हटाइएको प्राधिकरणले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन सुरक्षा व्यवस्था उल्लंघन गरेको भन्दै पाइलट लामा र पन्तलाई अर्को सूचना नभएसम्मका लागि ग्राउण्डेड गरिएको हो। उनीहरुले विमानस्थलको संवेदनशील क्षेत्रमा फोटो /भिडियो खिचेर नियम उल्लंघन गरेकोले कारबाही गरिएको स्रोतले जानकारी दियो।