इलाममा खोलाले बगायो जिप

उनका अनुसार चार जनाको भने उद्धार भइसकेको छ। एक जना महिलालाई अस्पताल लगेको र तीन जना शकुशल बाहिर निस्कन सफल भएको पनि एसपी ढकालले बताए। जिप खोलामै रहेको र अहिले प्रहरीले जिप बाहिर निकाल्ने प्रयास गरिरहेको छ।

इलाममा खोलाले बगायो जिप
फाइल तस्बिर काठमाडौं । इलाममा खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु भएको छ। चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो। जिपमा सवार २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले बताए। भेटिएको शव एक जना बच्चा र एक जना महिलाको रहेको प्रहरीले जानकारी दिएको छ। जिपमा ६ जना सवार रहेको प्रारम्भिक जानकारी आएको पनि एसपी ढकालले नेपालखबरलाई बताए। उनका अनुसार चार जनाको भने उद्धार भइसकेको छ। एक जना महिलालाई अस्पताल लगेको र तीन जना शकुशल बाहिर निस्कन सफल भएको पनि एसपी ढकालले बताए। जिप खोलामै रहेको र अहिले प्रहरीले जिप बाहिर निकाल्ने प्रयास गरिरहेको छ।