त्रिभुवन विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने

कात्तिक २३ गतेदेखि चैत १८ सम्म विमानस्थल राति बन्द गरिने नागरिक उड्डयन प्राधिकरण उच्च स्रोतले जनाएको छ । विमानस्थलमा केही मर्मत कार्यका लागि राति १० घण्टा बन्द गर्न लागिएको हो । के मर्मत गर्न लागेको हो भन्नेबारे भने स्रोतले केही खेलाएको छैन ।

त्रिभुवन विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । निर्माण कार्यको लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो । कात्तिक २३ गतेदेखि चैत १८ सम्म विमानस्थल राति बन्द गरिने नागरिक उड्डयन प्राधिकरण उच्च स्रोतले जनाएको छ । विमानस्थलमा केही मर्मत कार्यका लागि राति १० घण्टा बन्द गर्न लागिएको हो । के मर्मत गर्न लागेको हो भन्नेबारे भने स्रोतले केही खेलाएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका बेला अन्तर्राष्ट्रिय उडानको चाप घटाउन गौतमबुद्ध विमानस्थल प्रयोग गर्ने प्राधिकरणको तयारी छ ।