संसदका दुवै सदनकाे बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

संसदका दुवै सदनकाे बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।