चार एसपीको एसएसपीमा बढुवा

शुक्रबार बसेको प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका चारजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो। प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव भीमप्रसाद ढकालले जारी गरेको सूचनाअनुसार बढुवा सिफारिस हुने सूचीको एक नम्बरमा श्याम कृष्ण अधिकारी छन्।

चार एसपीको एसएसपीमा बढुवा
काठमाडौं । प्रहरी प्रधान कार्यालयले चारजना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका चारजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो। प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव भीमप्रसाद ढकालले जारी गरेको सूचनाअनुसार बढुवा सिफारिस हुने सूचीको एक नम्बरमा श्याम कृष्ण अधिकारी छन्। त्यसैगरी रविन्द्र रेग्मी, भीम बहादुर दाहाल र नानीराम गुरुङ पनि एसएसपी बढुवाको लागि सिफारिस भएका छन्।